हेटौंडा । हेटौंडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १७ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम हुमागाईको सभाध्यक्षतामा भेला भएको हो । भेलामा विद्यालयका अध्यक्ष हुमागाईले संस्थागत प्रतिवेदन र प्रधानाध्यापक मन्दिरा घिमिरेले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

भेलामा विद्यालयको विभिन्न गतिविधीहरुमा सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई प्रशंसा पत्र सहित सम्मानित गरिएको थियो । विद्यालयले हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, विद्यालयका निवर्तमान अध्यक्ष विष्णु प्रसाद ढुङगाना, लायन्स क्लव अफ हेटौडा भूटनदेवी बजार निवर्तमान अध्यक्ष रेखा पाठक र कोषाध्यक्ष रमा तिवारी, हिमालयन होप फाउण्डेशन, ललितपुर, सञ्चारकर्मी रुपेश दुलाल, भीमसेन पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, समाजसेवी केशव धिताल, शिक्षिका रुपा गौतमलाई सम्मान गरेको थियो ।

कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, विद्यालयका निवर्तमान अध्यक्ष विष्णु प्रसाद ढुङगाना, पूर्व अध्यक्ष जयराम घिमिरे, नेपाल पत्रकार महासंघ, बागतमी प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेकपा एमाले हेटौडा–६ का अध्यक्ष विश्वराज राई, नारायणी दुग्ध उत्पादक सहकारीका अध्यक्ष शिव सञ्जेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, प्रज्वल शिक्षा सदनका प्रिन्सिपल गणेश कुमार श्रेष्ठ, अभिभावक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

दलित, जनजाती विद्यार्थीहरुको बाहुल्यता रहेको यस विद्यालयमा कक्षा ५ सम्म २ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षक दीपक कुमार थापाले बताए ।