हेटौंडा । स्वर्गीय माता र पिताको स्मृतिमा ७५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । हेटौंडा–२ वनस्खण्डी निवासी राजुराम राउतले आफ्नो स्वर्गीय माता गोमादेवी राउत र हेटौंडा ५ निवासी सरोज परियारले आफ्ना स्वर्गीय पिता गुण बहादुर परियारको स्मृतिमा विद्यार्थीलाई स्वीटर वितरण गरेका हुन् ।

हेटौंडा–२ स्थित सिद्धार्थ उमाविमा अध्ययनरत १ देखि १० कक्षा सम्मका ७५ जना गरिब बिद्यार्थीलाई जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको हो । बागमती प्रदेश सांसद एवं सिद्धार्थ माविका पूर्व बिद्यार्थी एकालाल श्रेष्ठको प्रमुख आतित्थ्य एवं हेटौंडा उपमहानगरपालिका २ नं. वडा अध्यक्ष बिष्णु गोपाल महर्जनको विशेष आतिथ्यतामा कपडा वितरण गरिएको थियो ।