हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ आल्दमारमा बिहिवार कल्भट उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी उप मेहयर मीना लामाले कल्भटको उद्घाटन गरेकी हुन । उनले विकासमा उपमहानगरपालिकाले जनतालाई संधै सहयोग र साथ दिने बताइन ।

१० लाख लागतमा कल्भड तथा बाटो स्तरीकरण गरिएको आपधाप जोड्ने मोटरबाटो उपभोक्ता समिति तल्लो आल्दमारका अध्यक्ष शालिकराम बलामीले बताए । ३ मिटर लम्बाइ, चौडाइ र उचाइ तथा ३ सय ८० मिटर ग्रावेल गरिएको उनले बताए । स्थानीयतहबाट बजेट मिले अब स्ल्याव ढलान पनि गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।