
हेटौंडा । असोजको दोस्रो सातामा आएको बाढीपहिरोले मकवानपुर जिल्लाको बकैया गाउँपालिका-१० का ६ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ ।
असोज ११ र १२ गतेको अविरल वर्षाले बकैया गाउँपालिका-१० मन्थलीका ६ वटा झोलुङ्गे पुल वाग्मती खोला क्षतिग्रस्त बनाएको हो ।
बागमती खोलासँगै जोडिएको मन्थलीको भैटारको झोलुङ्गे पुल बागमती खोलाले बगाएर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ । केराघारी-खयरघारीबीचको झोलुङ्गे पुलको दुवै तर्फको पिलरमात्र बाँकी राखेको र अरु सबै बगाएको ६ नम्बरकी वडाध्यक्ष कमला वाईवाले भनिन् । सिस्ने-लुकुने, धुवाकोट, तिन भंगाले-मजुवा,अम्वास बेंसीकोससहित ६ वटा झोलुङ्गे पुल वाग्मतीको वाढीले क्षतिग्रस्त वनाएको उनले जानकारी दिइन् ।
वाग्मती खोलामा प्युटार—मन्थलीवीच वन्दै गरेको पक्की पुलको पिलरमा पनि क्षति पुगेको छ । उक्त वडाको झोलुङ्गे पुलमात्र होइन धुवाकोट प्रावि र सोलिथुम प्राविको भवन,वडा कार्यालय भवन स्वास्थ्य चौकीको भवन भासिएका छन्।
प्रतिक्रिया दिनुहोस्