काठमाडौं । विकास हाइड्रोपावर कमपनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपियाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्काशनका लागि आज सेबोनबाट स्वीकृति प्राप्त गरेको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले यसअघि नै प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया शुरु गर्ने जनाएको छ ।

Visited 13 times, 1 visit(s) today