हेटौंडा । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा सपना कार्की र मधु अधिकारी फर्किएका छन । उनीहरु यस अघि राप्रपा परित्याग गरि एमाले र काँग्रेसमा प्रवेश गरेका थिए ।

राप्रपा नेपाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा सुवास गुरुङको अध्यक्षतामा बसेको बैठकले एमाले र काँङग्रेसमा बिभिन्न प्रलोभनमा परेर राप्रपा नेपाल परित्याग गरेका कार्की र अधिकारीलाई आफ्नै घरमा फर्काएको हो । राप्रपा फुटेपछि उनीहरु अन्य पार्टीमा प्रबेश गरेका थिए ।

त्यस्तै राप्रपा नेपालले आसन्न स्थानीय निकायको चुनावको लागि तयारी समेत थालेको राप्रपा नेपाल युवक संगठनका केन्द्रिय उपाध्यक्ष अर्जुन ढुंगानाले बताए । उनले पार्टीका सबैलाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह समेत गरे ।