हेटौँडा। हेटौँडा–६, चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ।

समूहले मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत दीक्षा सुनार र कक्षा १० मा अध्ययनरत रचना हुमागाईं तथा हेटौँडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत समृद्ध गौतम र कक्षा १२ मा अध्ययनरत दीपिका गौतमलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो।

छात्रवृत्ति वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका–३ का वडा अध्यक्ष भागवत घिमिरे, समूहका सल्लाहकार विष्णुप्रसाद न्यौपाने र कृष्ण बिडारी, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईं, प्रधानाध्यापक राजेन्द्र थापा, समूहकी कोषाध्यक्ष गोमा लामिछाने, सदस्य पूर्णभद्र चौलागाईंसहित विद्यालय तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समूहले सामुदायिक वनबाट प्राप्त आम्दानीलाई वन संरक्षणसँगै शिक्षा, सामाजिक विकास तथा समुदायको हितमा केन्द्रित कार्यक्रममार्फत परिचालन गर्दै आएको जनाएको छ।

भीमसेन पौडेल
थप जानकारी