Smoke rise after shelling by Russian forces in Mariupol, Ukraine, Friday, March 4, 2022.(AP Photo/Evgeniy Maloletka)

किभ । रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए ।

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ । यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो । सो क्षेत्रमा उद्दार कार्य जारी छ ।

युक्रेन युद्धले उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।

एजेन्सीको सहयोगमा