हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षमा बिजय लामा नियुक्त भएका छन् ।

बकैया गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले भदौ ५ गते गाउँपालिका कार्यालयमा गरेको औपचारिक कार्यक्रमले लामाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा किरण घले, निशान्त विक, सुनिल दर्लामी, कुलराज सिंतान, अनिल माझी, प्रल्हाद गौतम, रोहित सिंतान, उमेश भुलुन र बुद्धराज स्याङ्तान रहेका छन् ।

समितिको सदस्य सचिबमा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमूख आइतराम तामाङ रहेका छन् ।