हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामाग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित ५ माध्यामिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । मंगलबार गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भवानी माध्यामिक विद्यालयमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको उपस्थितीमा विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको थियो । विद्यालय स्तरबाटै फुटबल खेलकुदमा खेलाडीहरु उत्पादन हुने हेतुले सामाग्री हस्तान्तरण गरिएको संस्थाका सहायक कार्यक्रम संयोजक पुजा रानामगरले बताईन् ।
उनका अनुसार भवानी माविसँगै गाउँपालिका वडा नम्बर ६ मा रहेको व्यास माध्यामिक विद्यालय, वडा नम्बर २ मा रहेको कमलादेवी माध्यामिक विद्यालय, वडा नम्बर १० मा रहेको रत्नज्योति मावि र वडा ९ मा रहेको कालिका माविलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको बताईन् । कैलाशका ५ वटा विद्यालय छनौंट गरी संस्थाको कार्य योजना अनुरुप सामाग्री प्रदान गरिएको उनले बताईन् । सबै विद्यालयलाई फुटबल खेलका ट्रेनिङ विप्स ३० वटा, ग्राउण्ड मार्कर ६० वटा, कोन २५ थान, ६ वटा फुटबल र ३० थान जर्सी हस्तान्तरण गरेका छौं, उनले भनिन् । विद्यालयबाटै खेलकुदको विकास होस् भन्ने हेतुले कार्यक्रम सञ्चालन गरेका हौं ।
गाउँपालिका अध्यक्ष मुक्तानले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेसँगै सामाग्रीको सहि सदुपयोग गरि खेलाडी उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले संस्थालाई स-धन्यवाद सँगै आगामी दिनमा सहकार्यका साथ काम गरिने प्रतिवद्धता जनाए । विद्यालयले सामाग्रीको सहि सदुपयोग गर्नेमा विश्वस्त रहेको उनले बताए ।हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एंव शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्