हेटौंडा । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा मानव सेवा आश्रमलाई चामल, तेल, फलफूल, मिठाई लगायतका सामाग्री आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेश सहकारी विभागका रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवं बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका अध्यक्ष एवं सहकारी दिवस मुल आयोजक समितिका संयोजक नारायणप्रसाद देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्ड सदस्य बासुदेव अधिकारी , राष्ट्रिय सहकारी बैंक, हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल , जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठ , जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष हरी कँडेल लगायतको उपस्थिति रहेको थियो ।
हाल आश्रममा २ सय जनाले आश्रय लिईरहेको बताईएको छ ।