हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अबैध सुनसहित एकजना युवालाई पक्राउ गरेको छ ।

आज विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा याक्रुबाहक बसमा सवारको चेकजाँच गर्ने क्रममा ५६१ दशमलव ३० ग्राम सुनसहित एकजना पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार प्रदेश २–०३–००१ ख् ०१५९ नम्बरको बसमा सवार वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।