हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ। गृह मन्त्रालयका अनुसार उनी सरुवा भएर सिराहा जाने भएका छन् ।

शुक्रबार गृह मन्त्रालयले मकवानपुर सहित आठ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । जस अनुसार मकवापनुरमा खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई आउने भएका छन् ।

पाण्डेले विं.सं.२०७९ अषाढमा मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार सम्हालेका थिए ।