हेटौँडा । उपभोक्ता मञ्च नेपालको केन्द्रिय अध्यक्षमा आनन्द थापा चयन भएका छन् । ‘जागौं उपभोक्ता लागौं’ भन्ने नाराका साथ शनिबार हेटौंडामा आयोजित महाधिवेशनले थापालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । महाधिवेशनले थापाको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय कार्य समिती निर्विरोध चयन गरेको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक, भवानी प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, शिक्षा विद देव प्रसाद श्रेष्ठ प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपभोक्ता मञ्चका ५४ जिल्लाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।
समितिको वरिष्ठ उपाध्यक्षमा भवानी प्रसाद ढकाल, उपाध्यक्षमा कुमार पौडेल, विमल ठाकुर, धुबराज चालिसे, उमाशंकर खडका चयन भएका छन् । त्यस्तै समितिको महासचिवमा शत्रुधन प्रसाद देव, सचिवमा कृष्ण प्रसाद अर्याल, शम्भु शाह, कोषाध्यक्ष डिल्लीराम ढकाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा ऋषिराज गौतम, खडग बहादुर विष्ट, राज कुमार केसी, माधव नेपाल, विनम कुमार श्रेष्ठ, केशव श्रेष्ठ, शैलेश शर्मा, कपिला जोशी, विजेन्द्र अग्रवाल, सम्झना पौडेल अधिकारी र सन्तोष न्यौपाने चयन भएका छन् ।
महाधिवेशनले उपाध्यक्ष ४ वटा प्रदेशको संयोजक समेत चयन गरेको छ । केन्द्रिय उपाध्य प्रदेश समितिको संयोजक हुने विधानत प्रावधान रहेकोले सोही अनुसार केन्द्रिय कार्य समितीका ४ उपाध्यक्षलाई प्रदेशको संयोजक चयन गरिएको छ । जस अनुसार उपाध्यक्ष कुमार पौडेललाई बागमती प्रदेश संयोजक, विमल ठाकुरलाई मधेश प्रदेश संयोजक, धुबराज चालिसेलाई गण्डकी प्रदेश संयोजक र उमाशंकर खडकालाई लुम्बीनी प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा उपभोक्ता मञ्च नेपाल केन्द्रिय महाधिवेशन हेटौँडा घोषणापत्र–२०८० जारी गरिएको छ । उक्त घोषणा पत्रमा उपभोक्ता हित सम्बन्धी ८ बुँदे समावेश गरिएको छ । घोषणा पत्र अनुसार उपभोक्ता वर्गको हकहित संरक्षण गर्ने अभिप्रायले निर्माण भएका निति नियम र कानूनहरु अपारदर्शी र अपरिपक्व सावित भई मूल्यवृद्धि आकासिनुको साथै आम उपभोक्ता नितिगत रूपमा ठगिएको परिप्रेक्ष्यमा मौजुदा उपभोक्ता अधिकार सम्बन्धी नियम, कानून र नियमनकारी निकाय सम्बन्धी व्यवस्था उपभोक्तावादी संघ संस्थाको सहकार्यमा थप संशोधन र व्याख्या हुनु समय सापेक्ष देखिएको भन्दै सरकारलाई ध्यानकर्षण गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्