हेटौँडा । हेटौँडा–४ कान्तिराजपथमा रहेको सुष्माज ब्यूटी एकेडेमीको १३ औँ वार्षिकोत्सव तथा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रम भएको छ । हेटौँडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा संस्थापक सुष्मा थापा मगरको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मेयर लामाले एकेडेमीको थप सफलताको शुभकामना दिइन् । महिलाहरु व्यवसायिक क्षेत्रमा अगाडि बढेको प्रति खुसी व्यक्त गर्दै निरन्तरताको लागि शुभकामना दिइन् ।

सुष्माज ब्यूटी एकेडेमीकी संस्थापक सुष्मा थापा मगरले पार्लर मात्र नभएर तालिम केन्द्र समेत रहेको र यहाँबाट धेरै महिलाहरु व्यवसायिक हुन सफल भएको बताइन् ।

कार्यक्रममा एकेडेमीबाट एकवर्ष भरी तालिम लिएका एकसय जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । मगरकी पिता श्रीराम थापा मगर र माता कान्छी थापा मगरको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक दीपक राना मगर, एकेडेमीका प्रशिक्षकहरु अन्जु मगर, सिम्रन राना, विधाता थापा मगर, सीता कुर्मी मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नृत्य, गायन लगायत विभिन्न सांस्कृतिक प्रस्तुति देखाईएको थियो ।