हेटौँडा । सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा उपमहानगरपालिकाभित्रको मुख्य राजमार्ग विस्तारको प्रक्रिया अगाडि बढाएको छ ।
सडक डिभिजनल हेटौंडाले आइतबार ३५ दिने सुचना जारी गर्दै हेटौंडा उपमहानगरको हेटौंडा–बुद्धचोक–राप्तिपुलसम्म सडकको दायाँबायाँ २५–२५ गज भित्रको संरचना हटाउन आग्रह गरेको हो ।
सर्वोच्च अदालतले २०७८ असार १४ को आदेशले उक्त खण्डको सडक सीमासडक केन्द्रबाट २५–२५ गज (७५/७५ फिट) कायम गरेको थियो ।यसअघि २५–२५ मिटर सडक विस्तारको चर्चा थियो । सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र २५–२५ गजसिमामा बनेका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचना भत्काउन भनेको छ ।












प्रतिक्रिया दिनुहोस्