हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु स्थित माण्डु हाईड्रोपावरमा फेरि एक पुरुषको शव फेला परेको छ ।

आज बिहान नाम थर वतन नखुलेको पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ ।

गएको साउन २१ गते पनि सोही हाईड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो । हालसम्म पनि किशोरीको नाम थर खुल्न सकेको छैन् ।