हेटौंडा । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालद्वारा एकै पटक १३० जना कर्मचारी माग गरिएको छ । अस्पतालले दैनिक पत्रिकामा सूचना प्रकासीत गर्दै यतीका धेरै कर्मचारी माग गरेको हो ।
अस्पतालको सेवालाई थप व्यवस्थीत बनाउनका लागि कर्मचारी माग गरिएको हो । अस्पतालले माग गरेका कर्मचारीहरु अधिकांश स्वास्थ्य प्राबिधिकहरु रहेका छन् । सबै भन्दा धेरै स्टापनर्ष ४५ माग गरिएको छ ।
अस्पतालले मेडिकल अधिकृतहरु, डाक्टरहरु, हेल्थ असिस्टेण्ट, ल्याब टेक्निसियन, फार्मेसी साहायक, रेडियो ग्राफर, मेडिकल रेकर्डर (सुपरभाइजर) सहायक कम्प्युटर अप्रेटर, सुरक्षा गार्ड, स्वीपर लगायतका १३० जना कर्मचारी माग गरिएको हो ।
माग गरिएका कर्मचारीहरुको विस्तृत विवरण यसप्रकार रहेको छ ।













प्रतिक्रिया दिनुहोस्