हटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा अनौपचारीक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराइने भएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारि क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धा गराइने मध्य दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो ।

भीमफेदी गाँउपालिकाको गाँउसभावाट स्विकृत कार्यक्रम अनौपचारीक तथा स्वरोजगार श्रमिकको भबिष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागीताको लागी आज भिमफेदी गाउपालिका र योगदानमा आधारीत सामाजिक सुरक्षा कोष बिच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

अब भने भीमफीदी गाउपालकिामा बसोवास गर्ने अनौपचारी तथा स्वरोजगार श्रमकिहरुले कोषमा आवद्धता भएसंगै कोषबाट उपलब्ध हुने सेवा सुबिधाहरु प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षमा अनौपचारि क्षेत्रमा काम गर्ने एक सय जनालाई यो कार्यक्रममा समेट्ने लक्ष राखेको अध्यक्ष लामाले बताए । कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संझौता पत्रमा आज हस्ताक्षर गरे ।