हेटौंडा । मकवानपुर र चितवनको सिमाना रेबती लोथर खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका–१२, नेटाराङ बस्ने ४८ बर्षीय धनकाजी प्रजाको शव लोथर खोलामा फेला परेको हो । मकवानपुरको राक्सिराङ ७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेबती खोलामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको चितवनका डिसपी विजय पण्डितले बताए ।