हेटौंडा । मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
भेलाको बन्दसत्रले भीम बहादुर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा राधिका छत्कुली, सचिवमा ज्ञानेन्द्र प्रसाद दुलाल, सहसचिवमा गोविन्दराज दुलाल, कोषाध्यक्षमा सम्झना दाहाल चयन भएका छन । यसैगरी सदस्यहरुमा गणेश बहादुर वाइृवा, अनिता घिमिरे, रिना श्रेष्ठ र बिन्दा गौतम चयन भएको निर्वाचन समिति संयोजक ईन्द्र बहादुर कार्कीले बताए ।
नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्न शारदा माविका प्रअ ईन्द्र बहादुर कार्की संयोजक सामुदायिक वन उपभोक्ता महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने र स्थानीय महासंघ, मकवानपुरगढीकी सचिव दुर्गा घोरसाईनी सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
भेलाको उदघाटन कार्यक्रममा समूहकी सचिव सम्झना दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आव. ०७९\०८० को लेखापरिक्षण प्रतिवेदन र चालु आव. ०८०\०८१ को लागि २१ लाख ४५ हजारको अनुमानित बजेट पेश गरेका थिए ।
भेलामा ज्येष्ठ उपभोक्ता ईमान सिह वाईवा, काशीनाथ घिमिरे, विष्णुकुमारी घिमिरे, शकुन्तला छत्कुली प्रावि तर्फ उत्कृष्ट अंक हासिल गर्ने विराज गौतम, शिखा दुलाल, मावि तर्फ उत्कृष्ठ अंक हासिल गर्ने चरुमती दुलाल र रेसु अधिकारीलाई नगद सहित सम्मानित गरिएको थियो । मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष चन्द्र प्रसाद दुलालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख डटेन्द्र कुमार गोले, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, सचिव दुर्गा घोरसाईनी, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, नमुना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, थाकलडाँडा सामुदायिक वनका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, मनकामना सामुदायिक वनका अध्यक्ष सर्कलाल लो, शारदा माविका प्रअ ईन्द्र बहादुर कार्की, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, समूहकी उपाध्यक्ष राधिका छत्कुली, सहसचिव बद्री प्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
एकसय १० घरधुरी रहेको यस सामुदायिक वन ७९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।












प्रतिक्रिया दिनुहोस्