हेटौंडा । हेटौडा–६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । संस्थाको सभाहलमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

वर्षभरीको दुःख, समस्या र पीरलाई गीतको माध्यमबाट पोख्न पाउदा असाध्यै खुशी लागेको स्थानीय रञ्जिता भेटवालले बताईन । टोल विकास संस्थाले टोलभरी रहेका महिलाहरुलाई एकै ठाउँमा भेला गरेर दर खुवाएकोमा आभार ब्यक्त गर्दै भविष्यमा समेत यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा गरेको स्थानीय अप्सरा रिजालले भनिन ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, संस्थाका सचिव प्रदीप ढुङगाना, कोषाध्यक्ष पूर्णभद्र चौलागाई, स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।