हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत भीमफेदी–१ बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी–१ बैंकरोडका ३४ वर्षीय सुमिन लामा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार ३० बर्षीय रोमन बस्नेत घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको ना१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।