हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दुईजनालाई ह्वील चियर वितरण गरेको छ ।

दैनिक जीवनयापन गर्न समस्या भोग्दै आएका हेटौंडाका हेटौंडा १० र ११ का दुइजनालाई ह्वील चियर वितरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार ह्वील चियर वितरण गरिएको थियो ।

नगर प्रमुख मिना कुमारी लामा र उपप्रमुख राजेश बानियाँले उनीहरुलाई ह्वील चियर हस्तान्तरण गरेका थिए । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा कृत्रिम खुट्टा १, ह्विल चियर ४, इलेक्ट्रिक ह्विल चियर २, पैताला र खुट्टा सिधा गर्ने ‘एपिव’ जुत्ता १ वटा हस्तातरण गरिसकेको छ ।