हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.९ धापमा रहेको मानवसेवा आश्रमको मुख्यालमा आश्रित एक जनाको आइतवार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीय कनैया लाल गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
२०८० साउन १५ गते हेटौँडा उपमहानगरपालिका वडा नं.१० को सडकमा बेवारिसे अवस्थामा हिडिरहेको अवस्थामा गुप्ताको उद्दार गरी मानवसेवा आश्रममा ल्याइएको थियो । उहाँको मृत्युको कारण खुलेको छैन । आश्रमले भने उहाँको काल गतिको कारण मृत्यु भएको जानकारी दिएको प्रहरीले जनाएको छ । आश्रममा आश्रित दुईजनाको यसअघि मृत्यु भएको थियो ।












प्रतिक्रिया दिनुहोस्