हेटौंडा । पर्यटकीय क्षेत्र जुरेथुममा भोलि शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

राधा माधव विकास समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपालको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटिया जुरेथुम जगद्गुरुत्तम मन्दिरमा स्वास्थ्य शिविर हुने भएको हो ।

शनिवार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म स्वास्थ्य शिविर संचालन हुनेछ । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा दन्तरोग र आन्तरिक चिकित्सा सम्बन्धि निशुल्क जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिने क्लवले जनाएको छ ।

स्वास्थ्य शिविरमा सहभागि भएर लाभ लिन स्थानीयवासीलाई क्वले आग्रह समेत गरेको छ । मासिक रुपमा गरिर्दै आएको स्वास्थ्य शिविर कोभिड १९ माहामारीको कारण स्थगित भएको थियो ।

सागर पन्थी
थप जानकारी