हेटौंडा । सामुदायिक वनमा लगाइएको तेहेरो कर खारेजको माग गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, मकवानपुरगढीको आयोजनामा आइतवार गढी–३ मक्रान्चुलीमा भएको समन्वयात्मक बैठकमा सहभागिहरुले यस्तो माग गरेका हुन् ।

बैठकमा स्थानीय वन ऐन समुदायको हितमा हुनु पर्ने, समुदायको अधिकारको सुनिश्चितता गरिनु पर्ने, सामुदायिक वन माथि अनावश्यक हस्तक्षेप हुन नहुने लगायतका विषयहरुमा सहभागिहरुले आवाज उठाएका थिए ।

स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्यनको लागि समन्वयात्मक बैठकको आयोजना गरिएको थियो ।

बैठक मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको थियो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन, ३ नं. वडा अध्यक्ष भागवत घिमिरे, महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, स्थानीय महासंघ, गढीका अध्यक्ष बलराम अधिकारी, सञ्चारकर्मी भीमसेन पौडेल, गढीमा रहेका सामुदायिक वनका अध्यक्ष एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी