हेटौंडा । बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्राबिधिक शिक्षाको बिकास गर्नको लागि प्रदेश सरकार प्रतिबद्ध भएको बताइन् ।

मन्त्री मोक्तानले बिहीवार धादिङको गजुरीमा रहेको प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटि)ले कृषि तथा बाली बिज्ञान विषयको अध्ययनको लागि निर्माण गरेको ग्रीन हाउस उद्घाटनका क्रममा प्राबिधिक शिक्षाले स्वरोजगार हुन सहयोग गर्ने भएको हुँदा प्रदेश सरकारले प्राबिधिक शिक्षालाई जोड दिने बताइन् ।

मन्त्री मोक्तानले बिहिबार नै बागमती प्रदेश सरकारको सहयोगबाट संचालन भएको शंखादेबी आवासिय माबि मझिमटारको अनुगमन तथा निरिक्षण गरिन ।

मन्त्री मोक्तानले धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमामा सहभागी भइ सामाजिक बिकास मन्त्रालयको सहयोगमा निर्माण भएको आदर्श बहुमुखी क्याम्पसको अनुगमन, निरीक्षण गरी पुर्वाधार बिकास संगै गुणस्तर सुधार गर्न सुझाब दिइन् ।

आजै मन्त्री मोक्तानले सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीको अनुगमन, निरीक्षण सहित प्रभावकारी ढंगले कार्य गर्न सुझाव दिइन ।

कार्यक्रममा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीका प्रमुख दिपेन्द्र सुबेदी, गजुरी गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

राज कुमार के.सी.
थप जानकारी