हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–९, जयसिङमा एकजना पुरुषको शव फेला परेको छ ।

आइतबार दिउँसो साढे २ बजेको समयमा पूर्व–पश्चिम सडकखण्डदेखि १५० मिटर उत्तरतर्फ पर्ने भित्री सडकखण्डमा अन्दाजी ४० बर्षका मंगोलियन अनुहार भएको पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मागेर खाने जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी खटी गई शवको मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।