हेटौंडा । सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ ।

बिहीवार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ९०० रुपैयाँ थियो ।

शुक्रवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार २९५ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा दैनिक मूल्य तोक्दै आएको छ ।