काठमाडौं । कालिञ्चाृेक दर्शन लिमिटेडले १२ करोड रुपियाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई कात्तिक २३ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले यसअघि नै नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

कम्पनीले दोलखा सदरमुकाम चरिकोटमा करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन गरिरहेको छ  ।