हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् ।

सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३८२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी हाँसिल गरेका हुन् । सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गरेकी थिइन् । यस्तै, सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे । उक्त क्षेत्रमा ९१ हजार ४८६ मत खसेको थियो ।

सिंहले पहिलो पटक संसदीय चुनाव जितेका हुन् । सिंह यसअघि २०५४ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग, २०५६ मा मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधि सभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग, २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पराजित भएका थिए ।

यस्तै, सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा सत्तागठबन्धको तर्फबाट निर्वाचित मिनाकुमारी लामासँग पराजित भएका थिए । लगातार चुनावी प्रतिस्पर्धामा पराजय व्यहोर्दै आएका सिंहले यस पटक भने पटक विजयी र्याली निकालेका छन् ।