हेटौंडा । सामाजिक क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी एवम सहकारीकर्मी भीमसेन पौडेलले सहकारीको २६ औं वार्षिक साधारणसभाको अवसरमा २ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेका छन् ।

पौडेलले आफनो धर्मपत्नी दुर्गादेवी पोडेलको स्मृतिमा स्थापना गरेको स्वर्गीय दुर्गादेवी पौडेल स्मृति छात्रवृति नवज्योति मावि, हेटौडा–७ मा कक्षा ७ मा अध्ययनरत सिजन दोङ र कक्षा ६ मा अध्ययनरत लक्ष्मी मैनालीलाई जनही ५ हजारका दरले प्रदान गरेका हुन् । उक्त रकम स्वर्गीय पौडेलकी छोरी रोशनी पौडेल, छोराहरु रोहित पौडेल र रोशन पौडेलले प्रदान गरेका थिए ।

पौडेलले जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा अक्षय कोष स्थापना गरि त्यसबाट प्राप्त हुने ब्याज वापतको रकमले छात्रवृति प्रदान गरेका थिए । १ लाख २५ हजारको अक्षय कोषलाई बढाएर पौडेलले आज २५ हजार थप गरि १ लाख ५० हजार पुर्‍ याएका छन् । कोषलाई प्रत्येक वर्ष थप गर्दै ५ लाख पुर्‍ याउने योजना रहेको पौडेलले बताए ।