हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा माघ १६ गतेदखि हेटौंडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन समूहको सभाहलमा सञ्चालित ३ दिने लेखा ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा तालिमको समापन गरिएको हो । सामुदायिक वन उपभोक्ता समूहले गरेका विभिन्न कार्यहरुको पारदर्शी, ब्यवस्थित र संस्थागत ढङगबाट अभिलेखीकरण गर्न सिकाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको महासंघले जनाएको छ ।

तालिममा बंशगोपाल माविका प्राचार्य रमेशप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सहजकर्ता सन्ध्या शिवाकोटी र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गर्ने कार्यक्रम छ ।

तालिममा सव डिभिजन वन कार्यालय, हेटौडा र हर्नामाडी अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ३६ जनाको सहभागिता रहेको छ ।

भीमसेन पौडेल
थप जानकारी