हेटौंडा । हेटौंडा–२ मा रहेको वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः भवसागर श्रेष्ठ निर्वाचित भएका छन् । उनले राममान श्रेष्ठलाई ९२ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन । अध्यक्षमा विजयी भएका भवसागर श्रेष्ठले २३९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी राममान श्रेष्ठले १४७ मत प्राप्त गरेका थिए । भवसागरले छाता र राममानले त्रिशुल चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए ।

समूहको उपाध्यक्षमा सितादेवी बस्नेतलाई ९९ मत अन्तरले पराजित गर्दै उर्मिला न्यौपाने विजयी भएकी छिन् । न्यौपानेले २३० मत प्राप्त गर्दा बस्नेतले १३१ मत पाएर पराजित भईन् ।

त्यस्तै सचिवमा लक्ष्मी तिमल्सिना गौतम विजयी भएकी छिन । गौतमले लक्ष्मी प्रसाद लामिछानेलाई ७५ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन । गौतमले २१० मत प्राप्त गर्दा लामिछानेले १३५ मत प्राप्त गरेका थिए ।

त्यस्तै कोषाध्यक्षमा मिनाकुमारी राना विजयी भएकी छिन । उनले शान्तामाया थिङलाई १०१ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन । रानाले २३४ मत प्राप्त गर्दा थिङले १३३ मत प्राप्त गरेकी थिइन ।

समूहको सह–सचिवमा मीना कुमारी पराजुली निर्विरोध निर्वाचित भएकी छिन ।

त्यस्तै समूहको सदस्यहरुमा तारा भण्डारी (२३८ मत विजयी), मन्जु नेपाल (२३३ मत विजयी), पासाङ डोल्मा योञ्जन (२३२ मत विजयी), राजन प्रसाद पौडेल (२३० मत विजयी), मिना सुवेदी चालिसे (२२७ मत विजयी), सुनिता कुमारी शर्मा (२१४ मत विजयी) भएका छन ।
सदस्य पदमा बिष्णु प्रसाद दहाल (१४३ मत पराजित), चन्द्र खड्का (१३१ मत पराजित) र विन्दा केसी (१२४ मत पराजित) भएका छन् ।

भवसागर श्रेष्ठ र राममान श्रेष्ठ प्यानलगत रुपमै चुनावी मैदानमा होमिएका थिए । भवसागर श्रेष्ठको प्यानलै विजयी भएको थियो । निर्वाचनमा ४०३ मत खसेको थियो ।

समूहको आइतवार बसेको पहिलो बैठकले शान्तवना कार्कीलाई सदस्यमा मनोनित गरेको छ । थप एक सदस्य सदस्य पछि मनोनित गरिने छ ।