हेटौंडा । मकवानपुरको राप्ती खोलामा पुरुषको शव फेला परेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिकास्थित सामरी खोलाको किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त शव घोप्टो पारेको अवस्थामा राप्ती किनारमा फेला परेको हो । शव भिमफेदी गाउँपालिका–१,स्याउली बस्ने ५५ वर्षीय सोर्जे पुलामी मगरको भएको बुझिएको छ । शवलाई पोष्टमार्टमका हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। शव निजको घर भन्दा १ किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ ।