हेटौंडा । बागमती प्रदेश सरकारले रेवती प्रसाद सापकोटालाई पुनः प्रदेशको सञ्चार रजिष्ट्रार नियुक्त गरेको छ ।
यस अघि पनि रजिष्ट्रार रहेका सापकोटा दोस्रो कार्यकालका लागि प्रदेशको सञ्चार रजिष्ट्रारमा नियुक्त भएका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकले सापकोटालाई प्रदेश रजिष्ट्रारमा नियुक्त गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताए ।
सञ्चार रजिष्ट्रारमा नियुक्त भएपछि अनिरुद्र खबर संग कुराकानी गर्दै अघिल्लो चार बर्ष सुरु गरेका कामहरुलाई निरन्तरता र पूर्णता दिर्दै जाने बताए । उनले अघिल्लो कार्यकालको कामलाई संस्थागत गर्ने बताए । प्रदेशमा संचारग्राम निर्माण, पत्रकार कल्याणकोष, जेष्ठ पत्रकारको अनुभव अभिलेख, पत्रकारको क्षमता विकासको कामलाई निरन्तरता, साइवर सुरक्षाका विषय पनि काम गर्ने बताए ।
नेपालमै पहिलो पटक बागमती प्रदेशले संञ्चार माध्यम व्यवस्थापन गर्न सञ्चार रजिष्ट्रार स्थापना गरेकाले यस प्रदेशले गरेका काम, अनुभव अन्य प्रदेशहरुसंग पनि साटासाट गर्ने बताए । संचारमाध्यमलाई व्यवस्थित गर्दै गुणस्तरीय पत्रकारीता गर्न सक्ने अवस्था सृजना गराउनका लाग्ने बताए ।












प्रतिक्रिया दिनुहोस्