हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

महासंघले नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,महासचिव कृष्ण सारु मगर, अध्यक्ष नवराज शर्मा, निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।