सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा द्वन्द प्रभावित युवाहरूलाई ४ दिने उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ ।
प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुलीको समन्वयमा, सामुदायिक विकास तथा सचेतता नेपाल र जनजाती समाज विकास कार्यक्रम(जेएसडीपी) सिन्धुलीको संयुक्त आयोजनामा हरिहरपुरगढी गाउँपालिकामा द्वन्द प्रभावित युवाहरूलाई ४ दिने उद्यमशिलता विकास तालिम प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै हरिहरपुरगढीका अध्यक्ष बज्रध्वज वाइवाले हरिहरपुरगढी गाउँपलिकामा तरकारी र खाद्यान्न हेटाँैडा र लालबन्दीबाट आईरहेकोले यहाँ तरकारी, खाद्यान्न लगायत माछा पालन, बंगुर पालन, भैसी पालन लगायतको उद्यमको संम्भावना रहेकोले युवाहरूलाई उद्यम सुरु गर्न आग्रह गरे । युवालाई गाउँमा सम्भाना रहेको ब्यापार र ब्यवसायमा प्रोत्साहन गरेर विदेश पलाएन हुनबाट रोक्नका लागि उद्यमशिलता विकास तालिम उपयुक्त रहेको बताए । उनले तालिममा सहभागी युवाहरुलाई हरिहरपुरगढीÞ गाउँपलिकाले उद्यम गर्न थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।
संस्थाले मकवानपुर र सिन्धुलीमा ६४ जना युवाहरुलाई उद्यमशिलता तालिममा संचालन गर्ने लक्ष्य रहेको संस्थाका सचिब अनन्त कुमार बानियाले जानकारी दिए । तालिममा हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाका ४५ जना युवाहरु प्रशिक्षार्थीको रूपमा सहभागीता रहेको थियो ।
कार्यक्रम जिल्ला युवा परिषद सिन्धुलीका अध्यक्ष हेम कार्की, हरिहरपुरगढी गाउपलिका वडा नम्बर ४ का वडा अध्यक्ष कमल राई, श्री माध्यमिक बिधालय महेन्द्रझाडीका प्रधानाध्यापक रेनुराज देवकोटा लगायतकाको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्