हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.८ गगटेमा कारसंगै भीरमा खसेका चालक मृत भेटिएका छन् ।

नेपाल प्रहरी र नेपाल आर्मीको संयुक्त टोलिले चालक हेटौँडा उपमहानगरपालिका वडा नं.३ बसामाडी बस्ने ३० बर्षीय बिबेक लामालाई भीरको बीच भागबाट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्की अनुसार कान्तीलोकपथ सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बीएसी ०५३७ नम्बरको कार मंगलबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खोचमा खसेको थियो । कारमा भिमफेदी गाउँपालिका–५ बस्ने ४५ वर्षीय राजकुमार बल र चालक लामा सवार थिए । बल कारबाट खसेर दुर्घटनास्थल माथि नै अड्किएका थिए भने कारसंगै भिरमा खसेका थिए ।