हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शनिवार नेतृत्व तथा क्षमता विकास तालिमको आयोजना गरेको छ । समूहको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको छ ।
वन समूहद्वारा गठित विभिन्न महिला उपसमितिका पदाधिकारी र सदस्यहरुलाई सक्षम बनाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको समूह सचिव नानीमायाँ रुम्बाले बताईन । तालिम उपयोगी र प्रभावकारी रहेको उन्नती आयआर्जन समूहकी अध्यक्ष बिमलाकुमारी दंगालले बताईन ।
तालिममा रुपेश दुलाल, आरती पाठक, नानीमायाँ रुम्बा र भीमसेन पौडेलले सहजीकरण गरेका थिए । हेटौँडा–६ की वडा सदस्य मुना बिकको प्रमुख आतिथ्यता र वन समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
तालिममा विभिन्न महिला समूहका गरि २५ जनाको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्