हेटौंडा । हेटौंडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौंडा–६, शान्तिटोलमा रहेको मुनलाइट ईन्टरनेशनल स्कूलमा कक्षा–५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन ।
विद्यालयको शैक्षिक सत्र २०८० को वार्षिक कार्यक्रम अनुसार वातावरण संरक्षण, सचेतना, ब्यवहारिक ज्ञान प्रदान, स्थानीय स्तरमा रहेका प्राकृतिक सम्पदा, पार्क, मठमन्दिर, सार्वजनिक संरचनाको अवलोकन गर्ने कार्यक्रम अन्तरगत पिस पार्कको अवलोकन गरिएको विद्यालयका दिब्या दाहालले बताइन् ।
विद्यार्थीहरुलाई विपी गणेशमान स्मृति शान्ति पार्कका सचिव भरत सापकोटा भीमसेन पौडेलले पार्कको बारेमा जानकारी गराएका थिए । विद्यालयले सो अवसरमा टपरी गास्ने तरीका सिकाउनुको साथै चित्रकला प्रतियोगिता र नृत्य समेत प्रस्तुत गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले पार्क क्षेत्रको सरसफाई गर्नुको साथै विभिन्न प्रजातीका विरुवाको वृक्षारोपण समेत गरेका थिए ।
रानी सामुदायिक वनको क्षेत्रभित्र निर्माण गरिएको यस पार्कमा किरातेश्वर महादेवको मन्दिर, कार्यालय भवन,शौचालय, वातावरण बाटिका, सालक केज, ब्याडमिन्टन कोर्ट, टिकटिक गेट लगायतका संरचना निर्माण भएका छन ।
भविष्यमा विपी, गणेशमान, मनमोहन र पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल, वनदेवी मन्दिर बुद्धको मूर्ती निर्माण लगायतका कार्यहरु गरिने अध्यक्ष पौडेलले बताए । यसको लागि पर्यटन विकास आयोजना, हेटांैडाले डिपिआर तैयार गरिसकेको छ भने सम्पूर्ण संरचना बनाउन ९ करोड लाग्ने पार्कका अध्यक्ष भीमसेन पौडेलले बताए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवलोकनकर्ताहरुको अवलोकन गर्ने थलोको रुपमा विकास गराई दिगो आयआर्जन गर्ने लक्ष्य रहेको पार्क समितिले जनाएको छ । हेटौंडा बजार देखि ६ किलोमिटर पूर्व रानी सामुदायिक वनको क्षेत्र भित्र प्राकृतिक दृश्यावलोकन गर्दै पार्कको मज्जा लिन सकिने यस पार्कमा दिन प्रतिदिन अवलोकनकर्ताहरु बढिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्