हेटौंडा । हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय माविमा युवा रेडक्रस सर्कल पुर्नगठन भेलाको आयोजना गरिएको छ ।

भेलाले आभास कटुवालको अध्यक्षमा ११ सदस्यीय आधुनिक युवा रेडक्रस सर्कल गठन गरेको छ । भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियर-युवा रेडक्रसको आवश्यकता र महत्व लगायतका बारेमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिएका थिए ।

आधुनिक राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समीम खानको अध्यगता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय प्रध्यानाध्यापक रामसागर गुरागाईं, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका उपकोषाध्यक्ष अभि मैनाली, युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडा, विद्यालयका सहायक प्रअद्वय दिपक अधिकारी र मालती पोखरेल, शिक्षक सोम प्रसाद आचर्यले मन्तब्य ब्यक्त गरेका थिए ।