हेटौंडा । ६८ औं प्रहरी दिवस–२०८० को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बसन्त आचार्यलाई ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट पुरस्कृत गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा समग्र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै आचार्यलाई पुरस्कृत गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्राफिक प्रहरी प्रमुख आचार्यलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेका थिए । प्रहरी दिवसको अवसरमा प्रदान गरिएको बिभिन्न सात बिधा मध्ये आचार्यले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ बिधामा पुरस्कार पाएका हुन् ।
ट्राफिक प्रहरी प्रमुख आचार्यले सम्मानले कतव्र्यप्रति थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन् । अनिरुद्र खबरसँग कुराकानी गर्दै उनले सम्मानले जिम्मेवारी बोध पनि गराएको प्रतिक्रिया दिए । उनले आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजाने बताए । आचार्यले २०७९ चैत्र ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
















प्रतिक्रिया दिनुहोस्