हेटौंडा । मोटरसाइकलको ठक्करबाट बिहीवार साँझ हेटौंडा–२ चौकीटोलमा एकजना पैदलयात्री घाइते भएका छन ।

हेटौंडा–भैंसे सडक अन्र्तगत भैसेबाट हेटौंडा तर्फ आउँदै गरेको ना.४५ प ४० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदल यात्री हेटौंडाका ६७ बर्षीय अर्जुन प्रसाद सापकोटालाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका सापकोटाको टाउको र खुट्टामा चोट लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते सापकोटालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।