हेटौँडा। हेटौँडा उपमहानगरपालिका–६, चौघडास्थित मुनलाइट इन्टरनेसनल स्कुलको १९औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वासुदेव सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल भरत सापकोटाले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, कमेडी, नाटक लगायतका सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
विद्यालयले सञ्चालन गरेको मुनलाइट डान्सिङ स्टार सिजन–६ को उपाधि कक्षा ७ मा अध्ययनरत सृष्टि गौतमले प्राप्त गरिन् ।
कार्यक्रममा हेटौँडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, प्याब्सन मकवानपुरका पूर्वअध्यक्ष मदन दाहाल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, प्रहरी चौकी चौघडाका इन्चार्ज सूर्यबहादुर श्रेष्ठ र सञ्चारकर्मी भीमसेन पौडेललगायतको आतिथ्यता रहेको थियो ।
कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २२५ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षक प्रदीप ढुङ्गानाले जानकारी दिए ।


भीमसेन पौडेल 

















प्रतिक्रिया दिनुहोस्