हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहमा आजबाट ५ वर्ष माथी र १२ वर्ष मुनिका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइने भएको छ ।

स्थानीय तहका स्वास्थ्यकर्मीले बिद्यालयमानै खोप केन्द्र बनाएर कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

अभियान नै सञ्चालन गरि आज देखी १५ गते सम्म बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए । फाइजर खोपको प्रभावकारीता धेरै रहेकाले यो खोपबाट कोही पनि लक्षित उमेयर समुहका बालबालिकालाई छुटाउन नहुने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए । स्थानीय तहले विद्यालयलाई खोपकेन्द्रको रुपमा बालबालिकालाई खोप लगाइने भएको छ ।

मकवानपुरमा ६१ हजार ७५ जना लक्ष्य रहेको बताउदैं कार्यालय प्रमुख गुरागाईले फाइजर खोप बालबालिकालाई प्रभावकारी रहेको बताए । मकवानपुरमा ३९० जना स्वास्थ्यकर्मी परिचालन गरि खोप कार्यक्रम गरिने छ । बालबालिका अध्ययनरत विद्यालय वा नजिकको पायक पर्ने विद्यालयमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन सबैलाई आग्रह गरे ।