काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा झिनो सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.७१ अंकले उकालो लागेको हो । ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१७८.८१ अंकमा उक्लिएको छ ।

आज २४६ कम्पनीका ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९.६७ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा बढी आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० र ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज कुमारी धनबृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी ८.८९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १८ करोड ४ लाख ४४ हजार ६ सय ५३.५० रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।

यो साता तीनदिन मात्रै शेयर बजार खुल्यो । मंगलबार ३२.७२ अंकले बजार बढ्दा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७.७६ रुपियाँ र हिजो बुधबार बजार ९.०१ अंकले घट्दा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६सय २।६५ रुपियाँ बराबरको कारोबार भएको थियो । आइतबार र सोमबार भने सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।