हेटौंडा । हेटौंडा-६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीको सभा हलमा एक दिने सहकारी शिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

सहकारीको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सहकारी शिक्षा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संस्थाका निवर्तमा अध्यक्ष श्याम प्रसाद श्रेष्ठ र जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष राधा स्याङतानले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहकारी संस्थाको विनियम, सदस्य बन्दा हुने फाईदा, संस्थाको गतिविधी, बचत, ऋण सम्वन्धि ब्यवस्था, सहकारी ऐन, साधारणसभा लगायतका विषयहरुमा सहभागिहरुलाई जानकारी गराइर्एको थियो ।

संस्थाको शिक्षा उपसमितिका संयोजक रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्था सञ्चालक समितिकापदाधिकारीहरु, लेखा समिति, ऋण उपसमिति, पूर्व सञ्चालक समिति, शेयर सदस्य र कर्मचारीहरुको सहभागिता थियो ।

२ हजार ६ सय ७५ जना शेयर सदस्यहरुको संस्थाको शेयर पूँजी २ करोड ७९ लाख, निक्षेप २५ करोड ६३ लाख,ऋण लगानी २६ करोड ३६ लाख रहेको ब्यवस्थापक राजेन्द्र धितालले बताए । ११ जना कर्मचारी कार्यरत रहेको संस्थाको २२ धुर जग्गामा बनेको आफ्नै सुविधा सम्पन्न भवन समेत रहेको अध्यक्ष विजय कुमार श्रेष्ठले बताए ।