हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ बस्तिपुरचोकमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल नालामा खस्दा चालक घाइते भएका छन् ।
मंगलबार दिउँसो बस्तिपुरचोकबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५८५९ नम्बरको ट्याक्टरसँग हेटौंडाबाट जाँदै गरेको ना।५९ प ५७२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बस्तिपुर नै घर भएका २६ वर्षीय सुशन बानियाँ घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिइ फरार भएकोमा ट्याक्टर र ट्याक्टर चालक खोजी गर्ने क्रममा मनहरी–३ हाडिखोलाको ठाडोखोला ट्याक्टर फेला परेको तर चालक फरार रहेकोले खोजी कार्य भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जनाएका छन् । घाइतेको हेटौंडामा उपचार भइरहेको जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्